काठमाडौं, १८ भदौ । नेपाल र हङकङ मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार भिड्ने भएका छन् ।
चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अंक तालिकामा चौथो स्थानमा छ । हङकङ दुई जीत र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।
चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ । मलेसिया र सिंगापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् । रासस
The post एसिया कप छनोट क्रिकेट : मंगलबार नेपाल र हङकङ भिड्ने appeared first on Sajha Post.