Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १८ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २-० ले पराजित गरेको छ। दुई खेलमा लगातार पराजित भएपछि म्यानुका खेलाडी र प्रशिक्षक दुवैको व्यापक आलोचना भएको थियो । तर, यो जितसँगै म्यानुको मनोबल बलियो हुने आधार थपिएको छ भने प्रशिक्षक मोरिन्होको जागिर पनि जोगिने लक्षण देखिएको छ ।
युनाइटेडलाई जित दिलाउन रोमेलु लुकाकुले दुवै गोल गरेका थिए।
खेलको २७ औं र ४४ औं मिनेटमा लुकाकुले गोल गरेका थिए ।
यस सिजन आलोचित बनेका खेलाडी हुन् पोउल पोग्वा । खेलको ६९ मिनेटमा पाएको पेनाल्टीमा पाउल पोग्बाले मिस गरेका थिए । मार्कस रासफोर्डले रातो कार्ड खाँदा म्यानु १० जनामा सिमित भएको थियो । यो जितसँगै म्यानुको चार खेलमा ६ अंक भएको छ ।
The post म्यानचेस्टर युनाइटेडको सानदार कमव्याक appeared first on Sajha Post.