Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनल संघर्षपूर्ण जित निकाल्न सफल

$
0
0

काठमाडौँ, १८ भदौ । गएराति भएको प्रिमियर लिगमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । रोमाञ्चक खेलमा आर्सनलले कार्डिफ सिटीलाई ३-२ ले पराजित गरेको हो।

खेलको ११ औं मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा कार्डिफका भिक्टरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । खेलको ६२ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, खेलको ७० औं मिनेटमा कार्डिफका वार्डले गोल गर्दै बराबरी गोल फर्काए । तर, खेलको ८१ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई ३ -२ को महत्वपूर्ण जित दिलाए ।
यस सिजनको सुरुवातमा नै दुई खेल हारेको आर्सनलका लागि यो महत्वपुर्ण जितले ठुलो राहत दिएको छ ।

The post आर्सनल संघर्षपूर्ण जित निकाल्न सफल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles