काठमाडौँ, २० भदौ । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला लियोनल मेस्सी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् ।
हुएस्काविरुद्ध सानदार खेल प्रदर्शन गरेका लियोनल मेस्सी आफ्नो पत्नी एन्टोनेलासँग जर्मनीमा आयोजित हुने एक विशेष कार्यक्रमलाई सम्बोधन गर्न गएका हुन् ।
प्रायः मिडियाबाट टाढा रहने उनले सोमबार मात्रै क्याटालुनिया रेडियोलाई लामो अन्तर्वार्ता दिएका थिए ।
विश्वकप सकिएपछि उनी राष्ट्रिय टोलीमा सामेल भएका छैनन् ।
उनले यसअघि नै सन् २०१८ मा अर्जेन्टिनाबाट कुनै पनि खेल नखेल्ने बताएका छन् । उनी एडिडासको सद्भावनादूत हुन् ।
The post मेस्सी जर्मनीमा ! appeared first on Sajha Post.