काठमाडौँ, २० भदौ । रियल मड्रिडका प्रशिक्षक लोपेतेगुइले लियोनल मेस्सीले रियल मड्रिड र रोनाल्डोलाई लिएर गरेको कमेन्टको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘लियोनल मेस्सीले रियलबारे आफ्नो धारणा राखेका रहेछन् । मलाई लाग्छ रोनाल्डोपछि पनि रियल उत्तिकै बलियो रहेको छ । च्याम्पियन्स लिग सुरु हुन अझै तीन केही समय बाँकी रहेको छ । त्यसका लागि पनि रियलले सबै खाले तयारी गरेको छ ।’
उनले थप्दै भनेका छन्, ‘मेस्सी भ्रममा नरहेपनि हुन्छ । हो रोनाल्डो नहुँदा रियल कमजोर जस्तोदेखिन्छ तर, रियलले यस सिजन सबै उपाधि जित्ने तयारीका साथ खेल खेलेको छ ।’
पुर्व स्पेनका प्रशिक्षक उनी रियल आएपछि स्पेनिस लिगमा सानदार खेल प्रदर्शन गरेको छ । सुरुवातमा नै सबै लेखाजोखा गर्न नमिल्ने फुटबल पण्डितहरु बताउँछन् ।
The post रियल मड्रिडका प्रशिक्षकले दिए लियोनल मेस्सीलाई यस्तो प्रतिक्रिया appeared first on Sajha Post.