पोखरा, २० भदौ । स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले स्वीकार गरेका छन् । रियल मड्रिडको प्रशिक्षकका क्रममा रहँदा २.८ मिलियन पाउण्ड कमाइको कर छलिको आरोप लागेको थियो ।
मिडिया रिपोर्टका अनुसार उनलाई एक वर्षको जेल सजाय भएको छ तर, स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ ।
उनले जरिवाना तिरे पुग्ने भएको हो । मिडिया रिपोर्टका अनुसार मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा सन् २०११ मा तस्बिर अधिकार सम्बन्धि कम्पनीको कमाई लुकाएको आरोप लागेको थियो ।
प्रिमियर लिगमा यस सिजन म्यानुले खासै गतिलो खेल प्रदर्शन गर्न नसकेका कारण उनी तनावमा रहेका छन् । उनको जागिर नै धरापमा रहेको फुटबल पण्डितहरुले बताएका छन् ।
The post कर छलीको आरोप लागेका मोउरिन्होलाई एक वर्षको जेल सजाय ! appeared first on Sajha Post.