Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिम्बूको कप्तानीमा नेपाल मैदानमा

$
0
0

काठमाडौं, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई शुरुवाती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ । राष्ट्रिय टोलीबाट एक दशक खेलिसकेका लिम्बूले राष्ट्रिय टोलीलाई पहिलोपटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

त्यसैगरी फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि शुरुवातीमा नपरेको ढाकामा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । सो खेलमा गोलकिपर किरणकुमार लिम्बू, डिफेण्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अञ्जन विष्ट र फरवार्डमा बिमल घर्तीमगर रहेका छन् । रासस

The post साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिम्बूको कप्तानीमा नेपाल मैदानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles