काठमाडौँ, २४ भदौ । युइएफए नेशन लिगमा स्वीजरल्याण्डले आइसल्याण्डलाई ६-० गोलले पराजित गरेको छ ।
खेलको १३ औ मिनेटमा स्टेभिन जुभेरले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको २३ औ मिनेटमा डेनिस जुभेरले गोल गरे ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको स्वीजरल्याण्डले दोस्रो हाफ चार गोल गरेको थियो ।
उसका लागि दोस्रो हाफमा साकिरी, ह्यारिस, अल्बेरियन अजेति र मेहमेडीले एकएक गोल गरेका थिए । पछिल्लो समय उच्च फर्ममा रहेको स्वीजरल्याण्डले सानदार जित हात पारेको हो ।
The post आइसल्याण्डविरुद्ध स्वीजरल्याण्डले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.