काठमाडौँ, ३ असोज । गएराति भएको च्याम्पियन्स लिगको ग्रुप ए को समुह चरणको खेलमा एट्लेटिको मड्रिडले मोनाकोलाई २-१ गोलले पराजित गरेको छ ।
खेलमा अग्रता भने मोनाकोले लिएको थियो । उसका लागि सामुयल ग्राण्डसरले गोल गरेका थिए । तर, त्यसपछि खेलमा एट्लेटिकोले सानदार कमव्याक गर्यो । एट्लेटिकोलाई जित दिलाउन डिएगो कोष्टा र जोसे गिमिनेजले एक एक गोल गरेका थिए ।
त्यस्तै यसै समुहको अर्को खेलमा बोरुसिया डर्टमण्डले ब्रुगलाई १-० ले पराजित गरेको छ । डर्टमण्डको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक एक गोल गरेका थिए ।
The post एट्लेटिको र डर्टमण्डको कठिन जित appeared first on Sajha Post.