Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीले रेफ्रीसँग विपक्षी खेलाडीलाई कार्ड नदिन भनेपछि …

$
0
0

एजेन्सी । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टाइन स्टार लियोनल मेस्सी निकै अनुशासित खेलाडीमा पर्छन् । किर्तिमनी ५ पटकका फिफा वर्ष खेलाडी मेस्सी यस्तै अर्को एउटा अनुशासित गतिविधिका कारण चर्चामा आएका छन् ।

शनिबार साँझ बार्सिलोनाले ओसासुनासँग खेलिरहेको थियो । बार्सिलोना ०-२ गोलले अघि रहेको अवस्था ७५औं मिनेटमा मेस्सी बल लिएर विपक्षी पोस्टतर्फ अघि बढ्दै थिए । यत्तिकैमा मेसी आफैँ लड्न पुगे । उनलाई चेक गर्न ओसासुनाका दुई खेलाडी नजिकै थिए, तर मेस्सी उनीहरुले नछोइकन नै लड्न पुगेका थिए ।

त्यसपछि मेस्सीले तुरुन्तै रेफ्रीतर्फ हेरेर आफूलाई फउल नगरेकाले कार्ड नदिन संकेत गरे । मेस्सीले मलाई फउल गरेको होइन भनेर हातले गरेको इसाराको अहिले विश्वभर चर्चा भइरहेको छ । प्रायले मेस्सीको यो खेल भावनाको प्रसंशा गरेका छन् ।

सो खेलमा मेस्सीले २ गोल समेत प्रहार गरे । खेलपछि प्रशिक्षक लुइस एनरिकले पनि मेस्सीको यो संकेतको खुलेर प्रसंशा गरे ।

 

The post मेस्सीले रेफ्रीसँग विपक्षी खेलाडीलाई कार्ड नदिन भनेपछि … appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles