काठमाडाैं, १६ असोज । बंगबन्धु गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ । बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करण बंगलादेशमा आजदेखि सुरु हुन लागेको हो । आज नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुकी ६ः१५ मा सुरु हुनेछ । फिफा वरीयतामा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौती छ ।
नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले समूहको अन्तिम खेलमा यही शनिवार प्यालेस्टाईनसँग खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फिफा वरीयतामा नेपाल १ सय ६० औं स्थानमा छ भने ताजकिस्तान १ सय २० औं स्थानमा छ ।
The post बंगबन्धु फुटबलः नेपालले आफ्नो पहिलो खेल ताजकिस्तानसँग खेल्ने appeared first on Sajha Post.