काठमाडौं, १७ असोज । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो खेलमै नेपाल ताजकिस्तानसँग २ – ० गोलले पराजित भएको छ ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा भएको खेलमा ताजकिस्तानका लागि फाक्त उलोइथ फतकुल्लो र तुरुनोभ कोम्रोनले एक एक गोल गरेका थिए ।
खेलको २७ औं मिनेटमा फाक्त उलोइथको पेनाल्टी गोलबाट ताजकिस्तानलाई अग्रता दिलाएका थिए ।
अनन्त तामाङले फल गरेपछि नेपाललार्ई झट्का लागेको थियो ।
पेनाल्टीमा ताजकिस्तानका उलोइथले गोल गरे ।
दोस्रो हाफमा खेलको ७२ औं मिनेटमा कोम्रोनले गोल गर्दै ताजकिस्तानलाई २-० को जित दिलाए । यो हारसँगै नेपालले आशलाग्दो खेल गर्न चुकेको छ ।
The post नेपाल पहिलो खेलमै पराजित appeared first on Sajha Post.