Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी टी-२० विश्वकप क्रिकेट : नेपाललाई ३० रनको लक्ष्य

$
0
0

काठमाडौं, १७ असोज । आईसीसी टी –२० विश्वकप क्रिकेट अन्तर्गत एसिया उप–क्षेत्रीय छनौटमा म्यानमारले नेपालाई जम्मा ३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन बनाउँदै अल आउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन खर्चिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिए ।

ललित भण्डारी र करन केसीले एक–एक विकेट लिए । म्यानमारका कप्तान एच लिन आङले १६ रन बनाए । म्यानमारका ६ जना खेलाडी शून्यमा आउट भए ।

The post आईसीसी टी-२० विश्वकप क्रिकेट : नेपाललाई ३० रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles