काठमाडौं, १७ असोज । आईसीसी टी –२० विश्वकप क्रिकेट अन्तर्गत एसिया उपक्षेत्रीय छनौटमा नेपालले विजयी सुरूवात गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा पुरा गर्यो।
सुरुवातीकाक्रममा नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जीत हासिल गर्यो।
बलिङतर्फ नेपालको लागि सन्दीप लामिछानेले २ ओभर बलिङ गर्दै ३ रन दिएर ४ विकेट लिए । त्यस्तै ललित राजवंशीले ३ ओभरमा ३ रन दिंदै ३ विकेट लिए । करन केसी र ललित भण्डारीको नाममा समान १ विकेट रह्यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको म्यानमारले निर्धारित २० ओभर पनि खेल्न सकेन । १० ओभरमै सबै विकेट गुमाइ जम्मा २९ रन बनाएको म्यानमारको लागि कप्तान हटेट लिन अङले सर्वाधिक १६ रन बनाए ।
नेपालले आगामी शनिबार दोश्रो खेलमा मलेसियाको सामना गर्नेछ ।
The post आईसीसी टी-२० विश्वकप क्रिकेट : नेपालले म्यानमारलाई ८ विकेटले हरायो appeared first on Sajha Post.