काठमाडौँ, १८ असोज । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले टोटनहमविरूद्ध सानदार जित हासिल गरेको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४-२ गोलले विजयी भएको हो ।
बार्सिलोनाको लागि खेलको दोस्रो मिनेटमा नै कोउटिन्होले गोल गरेका थिए । उनले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् । त्यस्तै खेलको २८ अौ मिनेटमा बार्साको लागि कोउटिन्होको पासमा राकेटिचले उत्कृष्ट गोल गरे ।
पहिलो हाफमा २-० गोलले बार्सा अघि रहे पनि दोस्रो हाफको ५२ अौं मिनेटमा इरिक लमेलाको पासमा ह्यारी केनले गोल गरे । तर, ५६ अौ मिनेटमा अल्बाको पासमा मेसीले गोल गरे ।
६६ अौं मिनेटमा इरिक लमेलाले गोल गरेर खेलमा फर्कने कोशिस गरेपनि अल्बाकै पासमा मेसीले खेलको इन्जुरी समयमा गोल गरेका हुन् ।
यो जितसँगै बार्सिलोनाको दुई खेलमा ६ अंक भएको छ । टोटनहमले भने हालसम्म एक अंक पनि जोड्न सकेको छैन ।
त्यस्तै यसै समुहको अर्को खेलमा इन्टर मिलानले पिएसभी इडिनहोभिनलाई २-१ गोलले पराजित गरेको छ । इन्टर मिलानको पनि दुई खेलमा ६ अंक रहेको छ ।
The post बार्सिलोनाको सानदार जित, मेस्सीले गरे दुई गोल appeared first on Sajha Post.