Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

तनावमा रहेका रोनाल्डोलाई युभेन्ट्सको साथ, प्रायोजकको प्रश्न

$
0
0


एजेन्सी, २० असोज । बलात्कारको आरोप लागेको आफ्नो नयाँ स्टार क्रिश्चियानो रोनाल्डोको पक्षमा इटालियन क्लब युभेन्ट्स उभिएको छ । अमेरिकी मोडलको आरोपका कारण तनावमा रहेका रोनाल्डोको पक्षमा युभेन्ट्सले आफ्नो मत राखेको हो ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक भनाईमा युभेन्ट्सले ३३ वर्षीय स्टार रोनाल्डोको पक्षमा मत राख्दै १० वर्षअघिको घटनाका कारण आफ्नो धारणामा बदलाव नआउने बताएको हो । उसले ट्विन्ट गर्दै भनेको छ,‘ पछिल्लो समय रोनाल्डोले उच्च व्यावसायिकता र समर्पण देखाएका छन् । युभेन्ट्समा सबैले उनको प्रशंसा गरेका छन् । १० वर्षअघिको विषयलाई अहिले जसरी बाहिर ल्याएको छ, त्यसले हाम्रो धारणामा परिवर्तन आउने छैन ।’

अमेरिकी मोडल काथरेन मार्योगाले लास भेगासको होटलमा बलात्कार गरेको र त्यस विषयमा नबोल्न त्यसबेला पोर्चुगिज सुपरस्टारले ३ लाख ७५ हजार अमेरिकी डलर समेत दिएको आरोप लगाएपछि पछिल्लो समय रोनाल्डो विवादमा आएका हुन् । यद्यपि, रोनाल्डो यो आरोप अस्वीकार गरिसकेका छन् ।

विवादको बेला क्लबको साथ पाए पनि प्रायोजक नाइकले भने घटनाप्रति चासो राखेको । रोनाल्डोलाई आजीवन प्रायोजन गरेको रोनाल्डोप्रति ध्यानकर्षण भएको नाइकले जनाएको छ । नाइकका प्रवक्ता भन्छन्, ‘हाम्रो यसमा गम्भिर चासो छ, उनीमाथि लागेको आरोप र अहिलेको अवस्थालाई हामीले हेरिरहेका छौं ।’

The post तनावमा रहेका रोनाल्डोलाई युभेन्ट्सको साथ, प्रायोजकको प्रश्न appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles