काठमाडौं, २० असोज । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाले नेपालविरुद्ध ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङ गर्ने निम्तो दिएको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अहिलेसम्म ७ ओभर खेल्दै मलेसियाले २ विकेटको क्षतिमा ३८ रन जोडेको छ । नेपालका लागि दुवै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
मलेसियाले अहिलेसम्म नेपाललाई कुनै पनि खेलमा हराउन नसके पनि कडा टक्कर भने दिँदै आएको छ ।
The post ब्याटिङ रोजेको मलेसियाको सन्दीपले खसाले सुरुवाती दुई विकेट appeared first on Sajha Post.