Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडका स्टाइकरहरुले गोल गर्नै छोडे, एलाभेससँग पनि पराजित

$
0
0

काठमाडौँ, २१ असोज । स्पेनिस लिग ला लिगामा रियल मड्रिड फेरि पराजित भएको छ ।

गएराति भएको खेलमा रियल डेपार्टिभो एलोभससँग १-० गोलले पराजित भएको हो ।

आठ खेल खेलिसक्दा रियलले यो दोस्रो हार हो ।

गएराति भएको खेलमा पनि रियलका स्टाइकरहरु गोल गर्न चुके ।

यस सिजन राम्रो सुरुवात गरेता पनि विस्तारै रियलको खेलहरु खस्किन थालेको फुटबल विश्लेषकहरु बताउँछन् । खेल सकिनैलाग्दा एलाभेसका मनु गार्सियाले गोल गरेपछि रियलले यस सिजनको दोस्रो हार व्यहोरेको हो ।

आठ खेल खेलेको रियलको १४ अंक रहेको छ भने एलाभेसको पनि १४ अंक रहेको छ । रियल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने एलाभेस तेस्रो स्थानमा रहेको छ ।

The post रियल मड्रिडका स्टाइकरहरुले गोल गर्नै छोडे, एलाभेससँग पनि पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles