काठमाडौँ, ४ कार्तिक । गएराति भएको प्रिमियर लिगमा च्याम्पियन म्यानचेष्टर सिटीले बर्नलीलाई ५-० गोलले पराजित गरेको छ ।
१७ औं मिनेटमा कुन अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफको ५४ औं मिनेटमा बी सिल्भा तथा त्यसको दुई मिनेट भित्रै फर्नानडिनोले र ८३ औं मिनेटमा महरेज तथा खेलको अन्तिम ९० औं मिनेटमा सानेले गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको हो ।
यो सानदार जितसँगै सिटी अंक तालिकाकोे शिर्षस्थानमा रहेको छ । सिटीको ९ खेलमा २३ अंक भएको छ ।
The post बर्नलीविरुद्ध म्यानचेस्टर सिटीले हान्यो पाँच गोल appeared first on Sajha Post.