काठमाडौँ, ४ कार्तिक । गएराति भएको ला लिगामा बार्सिलोनाले सेभियालाई ४-२ गोलले पराजित गर्दै पुन शिर्ष स्थानमा उक्लेको छ ।
खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाका लागि फिलिपिन्हो कोटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको १२ मिनेटमा लियोनल मेस्सीले दोस्रो गोल गरे ।
दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि तेस्रो गोल खेलको ६३ औ मिनेटमा लुइज स्वारेजले गोल गरे ।
तीन गोलले अग्रता बनाएको बार्सिलोनाविरुद्ध सेभियाले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।
उसका लागि खेलको ७९ औ मिनेटमा पाब्लो साराबियाले गोल गरे । तर, बार्सिलोना खेलको ८८ औ मिनेटमा चौथो गोल गर्दा सेभिया खेलमा फर्कने सम्भावना झिनो भएर गयो । खेलको अन्तिम समयमा लुइस मुरिलले गोल गरे । यो जितसँगै बार्सिलोनाको ९ खेलमा १८ अंक भएको छ ।
The post ला लिगाः बार्सिलोना शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.