Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडलाई झट्का

$
0
0

काठमाडौँ, ४ कार्तिक । ला लिगामा रियल मड्रिडको झुर खेल प्रदर्शन जारी रहेको छ । गएराति भएको खेलमा रियल लेभान्तेसँग २-१ गोलले पराजित भएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा लेभान्तेले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । खेलको ७ औ मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेका थिए ।

खेलको १३ औ मिनेटमा रोजर मार्टीले गोल गरे । दोस्रो हाफमा रियलले खेलमा कमव्याक गर्न हरसम्भव प्रयास गरेको थिए ।

खेलको ७२ औ मिनेटमा मार्सेलोले गोल गरेका थिए । तर, त्यसपछि रियलले गोल गर्न सकेन । ९ खेलमा १४ अंक रहेको रियल पाँचौ स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड र भिल्लारियलले एकएक गोलको बराबरी खेल खेलेका छन् ।

The post रियल मड्रिडलाई झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles