काठमाडौँ, ५ कार्तिक । गएराति भएको सेरिया ए मा इन्टर मिलानले एसी मिलानलाई १-० गोलले पराजित गरेको छ ।
अति नै रोमाञ्चक खेलमा इन्टर मिलानले कठिन जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरी खेल खेले पनि दोस्रो हाफको अन्तिम समयमा इन्टर मिलानले गोल गर्न सफल भएको थियो ।
इन्टर मिलनाका लागि इकार्दीले गोल गरेका थिए । यो जितसँगै इन्टर मिलानले ९ खेलमा १९ अंक जोड्न सफल भएको छ । इन्टर मिलान अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
The post इन्टर मिलानको कठिन जित appeared first on Sajha Post.