Image may be NSFW.
Clik here to view.
काठमाडौँ, ५ कार्तिक । पछिल्लो समय रियल मड्रिडको खेललाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
प्रशिक्षक लोपेतेगुइको जागिर समेत धरापमा परेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई हटाएर इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ ।
लोपेतेगुइलाई अनुबन्ध गरेपछि रियलको खेल झन् खस्किएको फुटबल विश्लेषकहरुको भनाइ छ । अंक तालिकाको सातौ स्थानमा रहेको रियलले यस सिजन तीन खेलमा हार भोगिसकेको छ ।
९ खेलमा १४ अंक जोडेको रियलले अब नयाँ प्रशिक्षक अनुबन्ध गर्ने तयारी गरेको र एन्टोनियो कोन्टे उक्त पदका लागि योग्य प्रशिक्षक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
लोपेतेगुईक एल क्लासिको खेल पश्चात निर्णय हुने बताइएको छ ।
The post रियल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा, एन्टोनियो कोन्टेको प्रवल सम्भावना appeared first on Sajha Post.