काठमाडौँ, ५ कार्तिक । च्याम्पियन्स लिगमा बार्सिलोनाले आगामि खेल इन्टर मिलानसँग खेल्दैछ ।
च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनाले इटालियन प्रतिद्धन्द्धीसँग घरेलु मैदान क्याम्प नाउमा प्रतिस्पर्धा गर्न लागेको हो ।
बार्सिलोनालाई कडा टक्कर दिने दाउमा इन्टर मिलान रहेको छ ।
लियोनल मेस्सी घाइते भएका कारण खेल्न नसक्ने भएपछि बार्सिलोनाको मनोबल कमजोर भएको र इन्टर मिलानले ऐतिहासिक जित हात पार्ने इटालियन प्रशिक्षकले बताएका छन् ।
च्याम्पियन्स लिगको समूह ‘बी’मा रहेको बार्सिलोना तथा इन्टर मिलानले खेलेको दुबै खेलमा जित दर्ता गरेर समान ६–६ अंक जोडेको छ ।
त्यसैले दुबै टोलीले एकले अर्कोलाई पछि पादै अझैअग्रता कायम गर्न चाहने भएको कारणले गर्दा खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित रहेको छ ।
The post च्याम्पियन्स लिगः बार्सिलोनालाई कडा टक्कर दिने दाउमा इन्टर मिलान appeared first on Sajha Post.