काठमाडौँ, ८ कार्तिक । भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् ।
विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले उक्त नयाँ रेकर्ड बनाएका हुन् ।
खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गर्दै सचिनको नाममा रहेको किर्तीमान आफ्नो नाममा गरेका हुन् ।
कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा दश हजार रन पूरा गरेका हुन् ।
The post सचिनको कीर्तिमान विराट कोहलीले तोडे appeared first on Sajha Post.