Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः मेस्सीबिनाको बार्सिलोनाले इन्टर मिलानलाई हरायो

$
0
0

काठमाडौँ, ८ कार्तिक । गएराति भएको च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले ईटालियन क्लब ईन्टर मिलानलाई २-० गोलले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हा र जोर्डी अल्बाले गोल गरे ।

खेलको ३२ औ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ८३ औ मिनेटमा जोर्डी
अल्बाले गोल गरेका थिए ।

मेस्सीबिना उत्रिएको बार्सिलोना कमजोर देखिएन । च्याम्पियन्स लिगमा यो जितसँगै बार्सिलोनाले तीन खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । यो जितसँगै बार्सिलोनाको ३ खेलमा ९ अंक रहेको छ । इन्टर मिलानको ६ अंक रहेको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहम र पिएसभी इडिनहोभले दुईदुई गोलको बराबरी खेल खेलेका छन् । दुवै टोलीले यो बराबरीसँगै एकएक अंक जोडेका छन् ।

The post च्याम्पियन्स लिगः मेस्सीबिनाको बार्सिलोनाले इन्टर मिलानलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles