काठमाडौँ, ८ कार्तिक । गएराति भएको च्याम्यिन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध बोरुसिया डोर्टमण्डले चार गोल गरेको छ । बोरुसियाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको एक गोल पनि गर्न सकेन ।
च्याम्पियन्स लिगमा एट्लेटिकोको यो लज्जास्पद हार हो । बोरुसियाका लागि राफायल गुरेरोले दुई गोल, एक्सल विटसेल, जाडोन साचोले एकएक गोल गरेका थिए ।
त्यस्तै ग्रुप ए को अर्को खेलमा क्लब ब्रुगीले मोनाकोलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
यस समुहमा तीन खेल जित्दै ९ अंकका साथ बोरुसिया पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको ६ अंक रहेको छ । मोनाको र क्लब ब्रुगीको एकएक अंक रहेको छ ।
The post च्याम्पियन्स लिगः एट्लेटिको मड्रिडको लज्जास्पद हार appeared first on Sajha Post.