Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युवा एसिया कप क्रिकेटमा आज भारतसँग भिड्दै नेपाल

$
0
0

काठमाडौं, १ पुस । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार विहान सवा १० बजे शुरु हुनेछ । श्रीलंकामा विहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो ।

विहीबार नै भएको अर्को खेलमा भारत भने विजयी भएको थियो । टेष्ट मान्यताप्राप्त राष्ट्र भारत यो प्रतियोगिताको उपाधि दावेदार हो । एसोसिएट राष्ट्र भए पनि उमेर समूहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले आजको खेलमा भारतलाई स्तब्ध बनाउने प्रयास गर्नेछ ।

आठ टोली सहभागी प्रतियोगिताको समूहबाट माथिल्लो चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपालले आजको खेलमा भारतलाई हराउनै पर्ने बाध्यता छ ।

The post युवा एसिया कप क्रिकेटमा आज भारतसँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles