Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फ्रेन्च लिग वानः पिएसजीको अपराजित यात्रा कायमै, ११ औ खेलमा पनि शतप्रतिशत नतिजा

$
0
0

काठमाडौँ, १२ कार्तिक । यस सिजन उच्च फर्ममा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ओलम्पिक मार्सेलीलाई २-० गोलले पराजित गरेको छ ।
यो पिएसजीको लगातार ११ औ जित हो ।

पिएसजीका लागि केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल खेलेका दुवै टोलीले गोल गर्न सकेनन् । तर, दोस्रो हाफमा भने पिएसजीले उत्कृष्ट खेल खेल्यो ।
खेलको ६५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

खेल सकिन केही समय बाँकी रहँदा ड्राक्सलरले गोल गरेका थिए ।

पिएसजीले ११ खेलमा शतप्रतिस्पर्धात्मक जित निकाल्दै ३३ अंक जोडेको छ । मार्सेली १९ अंक रहेको छ ।

The post फ्रेन्च लिग वानः पिएसजीको अपराजित यात्रा कायमै, ११ औ खेलमा पनि शतप्रतिशत नतिजा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles