Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनासँग लज्जास्पद हार भोगेपछि रियलका प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

$
0
0

काठमाडौँ, १२ कार्तिक । एल क्लासिकोमा लज्जास्पद हार भोगेपछि रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेतेगुईको जागिर धरापमा परेको छ । बार्सिलोनासँग पराजित भएपछि प्रतिक्रिया दिने क्रममा उनले भनेका छन्, ‘रियलमा मेरो जागिर धरापमा रहेको छ ।’

ला लिगामा रियलले जम्मा चार खेलमात्र जितेको छ । यस सिजन बार्सिलोना पनि उच्च फर्ममा रहेको छैन ।

तर, बार्सिलोनाको समस्या त्यति गम्भिर पनि रहेको छैन ।

तर, रियलको भने खेलमा सुधार देखिएको छैन । उनले भनेका छन्, ‘कसलाई राख्ने कसलाइ नराख्ने त्यो जिम्मेवारी कलबको हो मेरो होइन । गएराति भएको खेल पश्चात म अत्यन्त दुःखी छु । खेलाडीहरु पनि दुःखी रहेका छन् । हामीले जतिसक्दो मनोेबल बलियो राख्नुपर्छ । बल्ल अक्टोबर महिना चलिरहेको छ ।’

उनले थप्दै भने, ‘मलाई विश्वास छ रियलले सानदार बाउन्स व्याक गर्नेछ । खेलाडीहरुप्रति मलाई विश्वास छ ।’
तर, मिडिया रिपोर्टका अनुसार रियलले सोमबार उनलाई बर्खास्त गर्ने तयारी गरेको छ । उनको विकल्पमा पुर्व चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेलाई अनुबन्ध गर्ने तयारी भइराखेको बताइएको छ । रियलले बाउन्स व्याक गर्ने सम्भावना रहेको तर प्रशिक्षक फेर्ने बेला आएको फुटबल पण्डितहरुले पनि बताएका छन् ।

The post बार्सिलोनासँग लज्जास्पद हार भोगेपछि रियलका प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles