Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मलेसियाविरुद्ध नेपालको सान्त्वना जित, ९ विकेट गुमाएर लक्ष्य भेट्टायो

$
0
0

काठमाडौं, ३ पुस । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हात पारेको छ । आइतबार भएको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गर्‍यो । कोलम्बोमा मलेसियाले पेश गरेको १ सय ५४ रनको चुनौती नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा अनिल शाहले ३२, अभिनाश कर्ण र पवन शर्राफले समान २९, दिपेन्द्रसिंह ऐरीले २२ तथा रोहित कुमार पौडलले १२ रनको योगदान गरे । नेपाललाई जित दिलाएर शर्राफ र कप्तान सन्दिप लामिछाने अविजित पेबेलियन फर्किए । यसक्रममा ३ बलको सामना गरेका लामिछानेले ३ रन नै जोडे ।

यसअघि टस जितेर मलेसियालाई पहिले ब्याटिङमा बोलाएको नेपालले उसलाई जम्मा १ सय ५३ रनमा समेटेको थियो ।

मलेसियालाई मध्यम स्कोरमा समेट्ने क्रममा अदिल खानले ३, कप्तान सन्दिप लामिछाने दिपेन्द्रसिंह ऐरीले समान २ तथा सुवार्णकर उराओ र रोहित पौडेलले १-१ विकेट लिए ।

मलेसियाका लागि कम्पान विरेनद्विप सिंहले सर्वाधिक ७५ रन जोडे । नेपाल र मलेसिया दुवै टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् । नेपालको यो जित प्रतिष्ठाका लागि मात्रै हो । मलेसिया भने जितविहीन नतिजा लिएर घर फर्किने भएको छ ।

The post मलेसियाविरुद्ध नेपालको सान्त्वना जित, ९ विकेट गुमाएर लक्ष्य भेट्टायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles