Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाली युवा टोलीको खेलबाट प्रभावित श्रीलंकाले स्वदेश फर्किनै लाग्दा दियो उपहार

$
0
0

काठमाडौं, ४ पुस । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीको प्रदर्शनबाट निकै प्रभावित भएको श्रीलंकाले स्वदेश फर्किनुअघि नेपाली खेलाडीहरुलाई उपहार प्रदान गरेको छ । क्रिकेट श्रीलंकाले नेपाली युवा खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेको हो ।

श्रीलंकाली क्रिकेट बोर्डका प्रमुख थिलंगा सुमाथिपलाले नेपाली टोलीलाई खेल सामाग्री प्रदान गरे । यसको जानकारी नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले फेसबुकमार्फत दिएका छन् । त्यसक्रममा नेपालका तर्फबाट खुकुरी उपहार दिइएको थियो ।

प्रतियोगिताअन्तर्गत आ-आफ्नो पहिलो खेलमा नेपाल र श्रीलंका आमने-सामने भएका थिए । टेष्ट मान्यताप्राप्त श्रीलंकाको युवा टोलीलाई नेपालविरुद्ध झिनो जित दर्ता गर्न पनि निकै मेहनत गर्नु परेको थियो । सो खेल श्रीलंकाले १ रनले जित्यो ।

सोही हार नेपाल नकआउट चरणमा नपुग्नुको कारण बन्यो ।

तस्बिर: रमन सिवाकोटीको फेसबुक पेजबाट

The post नेपाली युवा टोलीको खेलबाट प्रभावित श्रीलंकाले स्वदेश फर्किनै लाग्दा दियो उपहार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles