Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक जुलेन लोपेतेगुईलाई निकालेपछि रियल मड्रिडको लगातार जित

$
0
0

काठमाडौँ, १८ कात्तिक । प्रशिक्षक जुलेन लोपेतेगुईलाई निकालेपछि रियल मड्रिडले लगातार दुई खेलमा जित हात पारेको छ । रियलले रियल भालाडोलिडलाई २-० गोलले पराजित गरेको हो ।

खेलको ८३ औ मिनेटमा भिनिसियस जुनियरको प्रहार भालाडोलिडका डिफेन्डर किको ओलिभसलाई लागेर पोस्टमा छिरेको थियो । किकोले आत्मघाती गोल गरेपछि रियलले एक गोलको अग्रता बनायो । खेलको ८८ औ मिनेटमा रियलका सर्जियो रामोसले दोस्रो गोल गरे ।
रियलमा गोल गर्ने खेलाडीहरुको संकट अझै देखिएको छ । यसलाई अन्तरिम प्रशिक्षकले कसरी समाधान गर्ने हुन् त्यो भने चासोको विषय बनेको छ ।

बार्सिलोनासँग लज्जास्पद हार भोगेको रियलले बाउन्स व्याक गर्दै जित निकाल्न सफल भएको हो । बार्सिलोनासँगको नतिजासँगै प्रशिक्षक जुलेन लुपेटेगुईलाई क्लबले बर्खास्त गरेको थियो ।

यो जितसँगै रियलको ११ खेलबाट १७ अंक भएको छ । रियल अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।

भालाडोलिडको १६ अंक रहेको छ ।

The post प्रशिक्षक जुलेन लोपेतेगुईलाई निकालेपछि रियल मड्रिडको लगातार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles