Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फाइनलमा जानका लागि काठमाडौं रोयल्सले चितवन राइनोजलाई दियो ९५ रनको लक्ष्य

$
0
0

कास्की, १८ कात्तिक । पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि जारी खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर अमित श्रेष्ठ मात्र ९ रनमा आउट भए । चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो ।

पवन सर्राफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए । त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।

त्यसपछि काठमाडौंका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला व्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको काठमाडौंले स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मीत पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।

यतिबेला चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

The post फाइनलमा जानका लागि काठमाडौं रोयल्सले चितवन राइनोजलाई दियो ९५ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles