Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चितवन राइनोज पीपीएल क्रिकेटको फाइनल प्रवेश, काठमाडौं रोयल्स ६ विकेटले पराजित

$
0
0


काठमाडौं, १८ कात्तिक । काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य चुनौती चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए । काठमाडौंमाथि जित हात पारेपनि चितवनको सुरुवाती भने खराब भएको थियो । २ रन हुदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो ।

काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए । त्यस्तै पवन सर्राफले १ विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो ।

उसका ओपनर अमित श्रेष्ठ मात्र ९ रनमा आउट भए । चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो ।

पवन सर्राफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए । त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।

त्यसपछि काठमाडौंका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला व्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको काठमाडौंले स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मीत पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।

The post चितवन राइनोज पीपीएल क्रिकेटको फाइनल प्रवेश, काठमाडौं रोयल्स ६ विकेटले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles