काठमाडौँ, १९ कात्तिक । गएराति भएको प्रिमियर लिगमा साविक लिग विजेता म्यानचेस्टर सिटीले साउटह्यामटनविरुद्ध गोलको वर्षात् गरेको छ ।
सिटीको घरेलु मैदानमा भएको खेलमा म्यान सिटीले साउथह्यामटनलाई ६-१ गोलले पराजित गरेको हो ।
पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको सिटीले खेलमा अग्रता बनाएको थियो । साउटह्यामटनका खेलाडी वेस्लेले आत्मघाती गोल गरेका थिए । खेलको ६ औ मिनेटमा उनले आत्मघाती गोल गरे ।
खेलको १२ औ मिनेटमा सर्जियो अगूइरोले गोल गरे । खेलको १८ औ मिनेटमा डेबिड सिल्भाले गोल गरे ।
पहिलो हाफमा नै तीन गोल गरेको सिटी दोसो हाफमा थप आक्रामक देखियो । दोस्रो हाफमा साउथह्यामटन निरिह नै देखियो । सिटीका लागि चौथो र पाँचौ गोल रहिम स्टलिंगले गरे । उनले ४६ र ६७ औ मिनेटमा गोल गरे । खेलको अन्तिम मिनेटमा लिओरो सानेले गोल गरे ।
यो सानदार जितसँगै सिटीको ११ खेलमा २९ अंक भएको छ । सिटी अंक तालिकाको शिर्षस्थानमा उक्लेको छ । साउथह्यामटनको ७ अंक रहेको छ ।
The post साउथह्याटनविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.