काठमाडौँ, १९ कात्तिक । गएराति भएको प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३-१ गोलको सहज जित निकाल्न सफल भएको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटा नायक बने ।
खेलको ३२ औ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको सुरुवातमा क्रिस्टिल प्यालेसका लागि एन्द्रोस टाउनसेन्डले बराबरी गोल फर्काए ।
तर, खेलको ६५ औ मिनेटमा अल्भारो मोराटाले चेल्सीलाई पुन अग्रता दिलाए । खेलको ७० औ मिनेटमा पेद्रोले तेस्रो गोल गरे ।
यो जितसँगै चेल्सीले ११ खेलमा २७ अंक जोड्न सफल भएको छ । अंक तालिकामा चेल्सी दोस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस ८ अंकका साथ चौधौ स्थानमा रहेको छ ।
The post क्रिस्टल प्यालेसलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी appeared first on Sajha Post.