Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेल अभ्यासका लागि फर्किए मेस्सी !

$
0
0

काठमाडौँ, १९ कात्तिक । गत अक्टोर २० मा भएको सेभियाविरुद्धको खेलमा घाइते भएका बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी खेल अभ्यासका लागि फर्केपनि टिममा भने पर्न सकेका छैनन् ।

मेस्सीको पाखुराको हड्डीमा टुटेपछि उनी तीन साताका लागि मैदान बाहिर रहने मेडिकल टिमले बताएको थियो । मिडिया रिपोर्टका अनुसार उनी इन्टर मिलानविरुद्धको खेलको लागि इटाली नजाने भएका छन् ।

च्याम्पियन्स लिग अन्तगर्तको खेलमा बार्सिलोनाले मंगलबार राति इन्टरको सामना गर्दैछ सोही खेलको लागि यसअघि बार्सिलोनाले प्रकाशित गरेको खेलाडी सूचीमा मेस्सीको नाम परिवर्तन हुनसक्नेगरि राखेको थियो ।

उनलाई मेडिकल टिमले ३ हप्ता आराम गर्न भनेको थियो तर, सो समयअगावै उनी निको भइसकेका छन् ।

मेस्सी गत हप्तादेखि नै अभ्यास सत्रमा आएका थिए । उनले आइतबार सम्पन्न अभ्यास खेल पनि खेलेका थिए । तर, मेस्सीले पूर्ण रुपमा मेडिकल ग्रिन लाइट भने पाइसकेका छैनन् ।

The post खेल अभ्यासका लागि फर्किए मेस्सी ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles