Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोखरा प्रिमियर लिगः पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य

$
0
0


पोखरा, २० कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल खेलमा कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पार्‍यो । चितवनका लागि कप्तान पारस खड्काले २७ बलमा ९ चौका हिर्काएर ५१ रनको अर्धशतकको इनिङ्स खेले । अपेक्षा गरिएका हरिशंकर साह ८ रनमै आउट भएपछि मैदानमा उत्रिएका पारसले अनिलसँग दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । दोस्रो विकेट पतन हुँदा चितवन ८५–२ को अवस्था रहेको थियो ।

त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । अनिल कुमार साहले ३८ बलमा ३ चौका र १ छक्कासहित ३७ रन जोडे । सन्नीले आक्रमक इनिङ्स खेल्दै ४३ रन जोडे । उनले २१ बलमा ३ चौका र ४ छक्का हिर्काए भने आरिफ शेख १४ रनमा नटआउट रहे ।

उपाधिको लागि घरेलु टोली पोखरा पल्टनले जवाफी ब्याटिङ सुरु गरेको छ ।

The post पोखरा प्रिमियर लिगः पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles