Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सी, नेमार र स्वारेजबिनै हर्क्युलसको पोस्टमा बार्सिलोनाको ७ गोल

$
0
0

काठमाडौँ, ७ पुस । स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को खेलमा बार्सिलोनाले हर्क्युलसमाथि गोलको बर्षा नै गरेको छ ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ७–० को फराकिलो जित निकालेको सकेको हो । उक्त फराकिलो जितमा बार्सिलोनाका लागि आर्डा ट्युरानले ह्याट्रिक गरे । खेलमा मेसी, नेमार र स्वारेजलाई आराम दिइएको थियो भने बार्सिलोनाले अधिकांश दोस्रो रोजाईका खेलाडी मैदानमा उतारेको थियो ।

बार्सिलोनाका लागि लुकास डिग्ने र इभान राकिटेकले ३७ औँ र ४५ औं मिनेटमा गोल गरेर पहिलो हाफमा नै दुई गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा झनै आक्रामक बनेको बार्साका लागि राफिन्हाले ५० औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे । खेलमा ट्युरानले ५५,८६ र ८९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

अर्को एक गोल पाको एलकाकेरले गर्दै बार्सिलोनालाई ७–० (समग्रमा ८–१) को जित दिलाए । बार्साले पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो ।

The post मेस्सी, नेमार र स्वारेजबिनै हर्क्युलसको पोस्टमा बार्सिलोनाको ७ गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles