Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोखरा प्रिमयर लिगको पहिलो उपाधि पोखरालाई

$
0
0


काठमाडौं, २० कात्तिक । पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जित्न सफल भएको छ ।

जितसँगै पोखराल पल्टनले २७ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको चितवन राइनोजले १० लाख पाएको छ ।

पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेटायो । पोखराका लागि ओपनर भारतीय खेलाडी रवि इन्दरसिंह चम्कँदा पोखराको जित सुनिश्चित भयो । उनले ५८ बलमा ९० रन हिर्काए ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको चितवनले ५ विकेटको क्षतिमा १६० बनाएको थियो। कप्तान पारसले ३७ बलमा ५१ रन बनाएका थिए। अर्का सन्नी पटेलले २१ बलमा ४ छक्कासहित ४३ रन हानेका थिए।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य घरेलु टोली पोखराले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई च्याम्पियन बनाउन रवि इन्दर सिंहले ९० रनको उत्कृष्ट इनिङ्स खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषावकरले २२ रन रन जोडे । आसिफ शेख १२ तथा ओपनर कुशल भुर्तेल ४ रनमा पेभेलियन फर्किए ।

पहिलो ओभरको दोस्रो बलमै कुशल भुर्तेल आउट भएपछि रवि इन्दर र आसिफले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर गराएका थिए । दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रनमा आउट हुदा टिमले ६५ रन जोडेको थियो । मोहम्मद नविद आक्रामक २५ रनमा आउट भए । उनले १४ बलमा १ चौका र ३ छक्का प्रहार गरे । चितवनका भुवन कार्कीले २ तथा सन्नी पटेल र करण केसीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो । पोखराका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बलमा पारसले ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । चितवनको दोस्रो विकेट पतन हुदा ८५–२ को अवस्था रहेको थियो ।

त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गर । ओपनर अनिल कुमार साहले ३७ रनमा आउट भए । ३८ बलमा अनिलले ३ चौका र १ छक्का प्रहार गरे । आक्रमक इनिङ्स खेलेका सन्नीले ४३ रनको योगदान दिए । सन्नीले २१ बलमा ४ छक्का र ३ चौका हिर्काए । आरिफ शेख १४ नटआउट रहे । करण केसी शुन्यमा आउट भए । सन्नीले १५ ओभर २ बलमा जीवनदान पाएका थिए । विक्रम भुषालको बलमा सन्नी १९ रन जोडेको अवस्थामा रोहित कुमार पौडेलले क्याच ड्रप गरेका थिए । पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

विजयी टिम तथा खेलाडीलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधाननमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्वी लामालगायतले पुरस्कार वितरण गरे ।

९ कार्तिकबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

The post पोखरा प्रिमयर लिगको पहिलो उपाधि पोखरालाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles