Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सहकर्मीको खुलासा- बार्सिलोना फर्कन चाहन्छन् नेयमार

$
0
0


पेरिस, २१ कात्तिक (एजेन्सी) । कुनै समय नेयमारसँग बार्सिलोनामा चार वर्ष सँगै खेलेका नेयमारका पूर्व सहकर्मी मार्टिन मोन्टायाले नयाँ कुरा खुलासा गरेका छन् । उनले नेयमार पुनः बार्सिलोना फर्कन चाहेको खुलासा गरेका हुन् ।

‘यो अवश्य अलि कठिन हुने छ, तर मलाई लाग्छ नेयमार बार्सिलोनामा फर्किन चाहिरहेका छन्,’ स्पेनिस पत्रिका फिचाजेससँगको कुराकानीमा मोन्टोयाले स्पष्टरुपमा भनेका छन् । मोन्टोयाले अगाडि भनेका छन्, ‘पेरिसले जति नेयमारका लागि खर्च्यो, बार्साले खर्चिने छैन, त्यसैले उनी फर्किन कठिन छ । तर मेस्सी र स्वारेजसंग उनको बेग्लै संयोजन थियो, त्यो उनलाई पनि थाहा छ ।’

बार्सिलोनाबाट बाहिरिन नेयमारलाई केही कुराले घच्घचाएको थियो । उलने बार्सिलोनामा रहँदा आफू सुपरस्टार लियोनल मेस्सीको छायामा परेको महसुस गरेका थिए । मेस्सीको छाँयाबाट निस्केर बलोन डि’ओर जित्ने सपनाले उनलाई गत सिजन पेरिस सेन्ट जर्मन (पीएसजी)मा पुर्‍यायो । पीएसजीले उनको सपनामा पुल हालिदियो २ सय २२ मिलियन युरो खर्चिंएर । ठूलो रकम लिएर उनी विश्वकै सर्वाधिक महंगो खेलाडी समेत बने ।

उनी पीएसजीमा सिजनको दोस्रो हाफमा जम्न सकेनन् । उनी चोटका कारण मैदानबाहिरै रहे । उनको सपना त पूरा भएन नै । उनी त बलोन डी’ओरको शीर्ष १० मा पनि पर्न सकेनन् । यद्यपि, उनले पिएसजीसंगको पहिलो सिजनमा २८ गोल गरेका थिए ।

त्यसपछि उनले विश्वकपमा पनि राष्ट्रका लागि राम्रो गर्न सकेनन् । तर, नयाँ सिजनमा नेयमारले १४ खेलमा १२ गोल गरेर सपना ब्युँताउने लक्षण देखाएका छन् । पिएसजीमा उनले गत सिजन ३ उपाधि जिते ।

अहिले नेयमारसँग जोडेर छाँयाको नयाँ भाष्य बनाउन थालिएको छ । छायाँमा नपर्न उज्यालो हुनैपर्छ । किनकी अब उनी बिस्तारै युवा खेलाडी किलियन एम्बाप्पेको छायाँमा हराउन थालेको चर्चा हुन थालेको छ ।

त्यसो त, नेयमारको लागि अर्को ढोका पनि खुला छ । जुन ढोका खुला गरिदिएका छन् क्रिस्टियानो रोनाल्डोले । मड्रिडमा हाल नेयमारलाई रोनाल्डोको विकल्पको रुपमा हेर्न थालिएको छ । बार्सिलोना फर्किने वा रियल जाने वा पीएसजीमै संघर्ष गर्ने ? अप्ठेरो निर्णय गर्ने जिम्मा नेयमारलाई नै छाडौं ।

The post सहकर्मीको खुलासा- बार्सिलोना फर्कन चाहन्छन् नेयमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles