Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गर्दा रोनाल्डोको युभेन्ट्स पराजित

$
0
0

काठमाडौँ, २२ कात्तिक । गएराति भएको अति नै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सविरुद्ध सानदार कमव्याक गर्दै २-१ गोलले पराजित गरेको छ ।
खेलको ६५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिम पाँच मिनेट म्यानुका लागि अविस्मरणिय रह्यो ।

खेलको ८६ औ मिनेटमा म्यानुका लागि जुयन माटाले फ्रिकिकमार्फत बराबरी गोल फर्काए ।

खेलको अन्तिम मिनेटमा लियोनार्दो बोनुसीले आत्मघाती गोल गर्दा म्यानुले महत्वपुर्ण तीन अंक जोड्न सफल भयाे ।

यो जितसँगै म्यानुको चार खेलमा सात अंक भएको छ भने अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । युभेन्ट्सले ९ अंक जोडेको छ । त्यस्तै यसै समुहको अर्को खेलमा भ्यालेनसियाले योग बोइजलाई ३-१ गोलले पराजित गरेको छ ।

The post म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गर्दा रोनाल्डोको युभेन्ट्स पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles