काठमाडौँ, २२ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले भिक्टोरिया प्लेजनलाई ५-० गोलले पराजित गरेको छ ।
रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे भने कासिमेरो, ग्यारेथ बेल र टोनी क्रुसले एकएक गोल गरे ।
खेलको २१ औ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । दुई मिनेट लगत्तै कासिमेरोले गोल गरे । खेलको ३७ औ मिनेटमा बेन्जेमाले गोल गरे ।
खेलको ४० औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा पनि सम्हालिएको खेल खेल्यो ।
दोस्रो हाफमा टोनी क्रुसले गोल गरे । यो जितसँगै रियलले चार खेलमा ९ अंक जोड्न सफल भएको छ ।
प्रशिक्षक लोपेतेगुई बर्खास्त भएपछि अपराजित रहेको रियलल पुन फर्ममा फर्किएको केही फुटबल विश्लेषकहरु बताउँछन् । त्यस्तै गएराति भएको यसै समुह जी को अर्को खेलमा रोमाले सिएसकेडब्लु मस्कोलाई २-१ गोलले पराजित गरेको छ ।
The post च्याम्पियन्स लिगः भिक्टोरिया प्लेजनविरुद्ध रियल मड्रिडले हान्यो पाँच गोल appeared first on Sajha Post.