एजेन्सी, २४ कात्तिक । इंग्ल्याण्डले श्रीलंकासँगको पहिलो टेष्टमा शानदार जित निकालेको छ ।
४ सय ६२ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २ सय ५० रनमै अलआउट भएपछि पराजिति रह्यो । श्रीलंका एन्जेलो म्याथुजले ५३ र कुशल मेन्डिसले ४५ रन बनाएपनि उक्त रन जितका लागि पर्याप्त हुन सकेन । श्रीलंकालाई कम रनमै सीमित गर्दै पराजय चखाउन इंग्ल्याण्डका मोइन अलीले ४ र जिन लिचले ३ विकेट लिए ।
इंग्ल्याण्डले विदेशी भूमिमा १३ टेस्टपछि जित निकालेको हो ।
The post इंग्ल्याण्डले जित्यो श्रीलंकासँगको पहिलो टेष्ट appeared first on Sajha Post.