काठमाडौं, २४ कात्तिक । प्रिमियर लिगले इंग्लिस फुटबल क्लब एभर्टनलाई दुई वर्षको प्रतिबन्धसहित जरिवाना लगाएको छ । क्लबले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेपछि यस्तो सजाय दिइएको हो ।
लिगको यो कारबाहीसँगै एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न पाउने छैन । दुई वर्षको प्रतिबन्धसँगै क्लबले ५ लाख पाउण्ड जरिवानासमेत तिर्नुपर्नेछ ।
एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको विषयलाई लिगले उठाएको हो । अब एभर्टनले आफ्नो एकेडमीका लागि १० वर्षदेखि १८ वर्षसम्मका खेलाडीलाई २ वर्षसम्म किनबेच गर्न समेत पाउने छैन ।
The post नियम उल्लंघन गरेपछि एभर्टनलाई २ वर्ष प्रतिबन्ध appeared first on Sajha Post.