Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टोटनहमको कठिन जित

$
0
0

काठमाडौँ, २५ कात्तिक । गएराति भएको प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसमाथि १-० गोलको कठिन जित हात पार्न सफल भएको छ ।

क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा टोटनहमका लागि एकमात्र गोल जुएन फोयथले गरे । उनले खेलको ६६ औ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै टोटनहमको १२ खेलमा २७ अंक भएको छ भने अंकतालिकाको चौथो स्थानमा उक्लेको छ ।

क्रिस्टल प्यालेसको समस्या थप बढेको छ । प्रशिक्षक गुस हुडिङको जागिर धरापमा परेको छ । क्रिस्टल प्यालेसले १२ खेलमा जम्मा ८ अंकमात्र जोडेको छ ।

The post टोटनहमको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images