Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जर्मन बुण्डेसालिग: बार्यन म्युनिखलाई लिग लिडर बोरुसिया डोर्टमण्डले हरायो

$
0
0

काठमाडौँ, २५ कात्तिक । जर्मन बुण्डेसालिगमा बार्यन म्युनिखलाई लिग लिडर बोरुसिया डोर्टमण्डले ३-२ गोलले पराजित गर्न सफल भएको छ ।

यस सिजन खराब खेल खेलेको बार्यनले तीन खेल गुमाइ सकेको छ ।

बोरुसियाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने बार्यनले लिएको थियो ।

उसका लागि रोबर्ट लिडोनोस्कीले खेलको २६ औ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफमा बोरुसियाले सानदा कमव्याक गरेको थियो । उसका लागि मार्को रइसले खेलको ४९ औ मिनेटमा बराबरी गोल फर्काए ।

तर, ५२ औ मिनेटमा पुन रोबर्ट लिडोनोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । यस सिजन अपराजित रहेको बोरुसियाका लागि मार्को रइसले नै खेलको ६७ औ मिनेटमा बराबरी गोल फर्काए ।

सानदार कमव्याक गरेको बोरुसियाका लागि पाको अल्कासरले खेलको ७३ औ मिनेटमा गोल गर्दा बार्यन पछि परेको थियो । यो जितसँगै बोरुसियाको ११ खेलमा २७ अंक भएको छ । त्यस्तै लिगको तेस्रो स्थानमा रहेको बार्यनको २० अंक रहेको छ ।

The post जर्मन बुण्डेसालिग: बार्यन म्युनिखलाई लिग लिडर बोरुसिया डोर्टमण्डले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles