काठमाडौँ, २५ कात्तिक । ओलम्पिक महिला फुटबलको एसियन छनोटको छनोटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा नेपालले म्यानमारसँग आमनेसामने गर्दैछ ।
नेपाली समय अनुसार खेल बेलुका ५ः१५ मा याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुनेछ ।
दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई म्यानमारविरुद्ध गतिलो नतिजा निकाल्नु पर्ने बाध्यता रहेको छ । बलियो टोली मानिएको म्यानमारलाई कमजोर सोच्नु नेपालका लागि अर्को ठुलो गल्ती हुनसक्ने बताइएको छ ।
पहिलो खेलमा बंगलादेशलाई ५-० गोले हराएको म्यानमारले नेपाललाई पनि कडा चुनौती दिने र नतिजा आफ्नो पोल्टामा पार्ने दाउमा रहेको छ । नेपालले भने भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो चरण सम्भावना जिवित राख्न नेपालले म्यानमारलाई पराजित गर्नै पर्ने बाध्यता रहेका कारण पनि नेपालले उत्कृष्ट खेल खेल्ने अपेक्षा राखिएको छ ।
समूह सी मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ ।
The post ओलम्पिक छनोट : म्यानमारविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल appeared first on Sajha Post.