काठमाडौँ, २५ कात्तिक । इटालियन सिरी ए मा नापोलीले जिनोआलाई २-१ गोलले पराजित गरेको छ ।
खेलमा जिनोआले अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा कौमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा नापोलीका रुइजले बराबरी गोल फर्काएका थिए ।
तर खेलको ८६ औं मिनेटमा जिनोआका बिरास्चीले आत्मघाती गोल गरेपछि नापोलीले पुन अग्रता लिएको थियो । अन्तत उक्त आत्मघाती गोलका कारण नै नापोलीले खेल जित्न सफल भयो ।
नापोलीले १२ खेलबाट २८ अंक भएको छ भने जिनोआ १४ अंक रहेको छ । अंक तालिकामा नापोली दोसो स्थानमा रहेको छ भने जिनोआ १४ औ स्थानमा रहेको छ ।
The post नापोलीको कठिन जित appeared first on Sajha Post.